दार्चुला- महाकाली नगरपालिका–२ मैखोलीमा युवती मृत अवस्थामा फेला परेकी छिन् । पोली हाउसभित्र स्थानीय २० वर्षीया निर्मला सितोली आइतबार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ती युवती घर नजिकैको पोलीहाउसको डण्डीमा झुण्डिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सितोलीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।













