• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सहाराविहीन बालबालिकालाई सहयोग गर्न प्रधानाध्यापकाे अपिल

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टास्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत सहाराविहीन बालबालिकालाई सहयोग गर्न प्रधानाध्यापक वीरबहादुर बिष्टले अपिल गरेका छन् ।

अहिलेको चिसो मौसममा पनि न्यानो कपडा अभावमा बालबालिका एकसरो लुगामा विद्यालयमा आइरहेको भन्दै प्रधानाध्यापक बिष्टले बालबालिकाको तस्बीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै सबैमा सहयोगको अपिल गरेका हुन् । विगतमा पनि विद्यालयका शिक्षकहरुले रकम उठाएर केही सहयोग गर्दै आएको र अहिले पुनः आवश्यकता परेको बताएका छन् ।

देशमा व्यवस्था परिवर्न भएपनि अवस्था परिवर्तन नभएको भन्दै प्रधानाध्यापक बिष्टले यस्ता बालबालिकाको रेखदेख गर्ने जिम्मेवारीबाट सरकार विमुख भएको आरोपसमेत लगाए । उनले अहिले साहाराविहीन बालबालिकाको तस्बीर सामाजिक सञ्चालमा हालेर सहयोग माग्न बाध्य भएको समेत भनेका छन् ।

बालकालिकाको सहयोगका लागि सरकारका निकायलगायत सबैलाई प्रधानाध्यापक बिष्टले आग्रह गरेका छन् । बढी जस्तो गरिब तथा विपन्न बालबालिका अध्ययनरत यो विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पनि पढाई भइरहेको छ । जसले गर्दा यहाँ विद्यार्थीको आकर्षण पनि बढिरहेको छ ।

प्रधानाध्यापकको अपिल :

व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन – आज म यी बालबालिकाहरू तस्बिर पोष्ट गर्न बाध्य भएको छु।कसै ले पनि अन्यथा न सोचिदिन हुन पनि सादर अनुरोध गर्दछु । यस्तो कहालीलाग्दो अवण्स्था कसै दुस्मनलाई पनि न होस् भगवानसंग प्रार्थना गर्दछु ।
यो अवस्था हो श्री नवदुर्गा आधारभूत विद्यालय बरबट्टा कैलालीमा अध्ययनरत साहाराविहीन नानीबाबुहरूको । अवस्था देख्दा जो कोहीको पनि मुटु छिया छिया हुन्छ होला । पुषको महिना वातावरण शितलहरले आक्रान्त भएको छ । पानी परे जस्तै शितलहर चलिरहेको छ । यी बालबालिकाहरूको शरीर छोप्ने एकसरो च्यातियको लुगा लगाएर विद्यालय आउन बाध्य छन् । २ वर्ष पहिले शिक्षक स्टापहरूले चन्दा संकलन गरेर एक जोर लुगा किनिदिएका थियौ । ती लुगाहरू फाटेपछि अहिले यी बच्चाहरू सधै यहि लुगाको साहारामा विद्यालय आउने गर्छन् । अवस्था यस्तै छ तस्बिरमा सबैले देख्न सक्नु हुन्छ।

अब भन्नुहोस् सरकार कहाँ छ ?
हाम्रो देशको राज्य संरचना अनुसार ३ तहको सरकार छ । सबै ठाउँमा राज्यका प्रतिनिधिहरूको उपस्थिति छ । तर यी बालबालिकाको दुरदशा कुनै सरकारले देखेन । साहाराबिहीन भएपछि यस्ता बालबालिकाहरूको जिम्मा कसको हो ? के यो राज्य टाठाबाठाको मात्र हो ? धनीमानीको मात्र हो ? पहुँच भएका मानिसको मात्र हो ? यिनको बाच्न पाउने अधिकार छैन ? यहाँका जनप्रतिनिधिहरूलाई थाहा न भएको हो ? स्थानीय सरकारलाई थाहा न भएको हो ? प्रदेश सरकारलाई थाहा न भएको हो रु संघीय सरकारलाई थाहा न भएको हो ? के यहाँ राज्यका प्रतिनिधहरू छैनन् ? गैरसरकारी संघसस्थाहरू कहाँ छन् रु के यी बालबालिकाहरूका बारेमा कसैले सूचना न दिएको हो ? के यस्ता समुदायका मानिस भोट बैंकको रूपमा मात्र प्रयोग गरिएका हुन् ? हैन भने यस्ता एकछाक रूखो गाँस खाना, एकसरो लुगा नपाउने बालबालिकाहरूका बारेमा राज्यका सम्बन्धित निकायको ध्यान जान जरूरी छ । यस्ता बालबालिकाहरूको उचित ब्यवस्थापनका लागि सबै सम्बद्व निकायहरूलाई सादर अनुरोध गर्दछु । जे देखे त्यही लेखेँ । गल्ती भए माफ गर्नुहोला । कोही यस्ता बच्चाहरूको उचित ब्यवस्थापनका लागि सहयोग गर्न चाहानु हुन्छ भने विद्यालयमा सम्पर्क गरिदिन हुन समेत अनुरोध गरिन्छ ।

 

  • सहाराविहीन
मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.