धनगढी- कैलालीको अत्तरियामा बिहीबार देखी सुरु हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित अभिनेता पूर्ण विक्रम शाह (पल) पनि आउने भएका छन् । संघले पलको प्रस्तुति माघ २ गते रहने जनाएको छ ।
आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले अभिनेता पल शाहको प्रस्तुति माघ २ गते रहने पक्कापक्की भएको बताए । स्थानीय दर्शकहरूको मागलाई मध्य नजर गरेर पल शाहको प्रस्तुति राखेको बताए ।
महोत्सवमा पल शाहका अतिरिक्त अन्य देश कै चर्चित कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सव माघ ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
















