काठमाडौं- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको बताएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा बुधवार आयोजित नेपाल दलित सँघको अन्तर्कृया कार्यक्रममा यस्तो बताएका हुन्।‘अन्य पार्टीहरुले मिसन ८४ भनिरेहका छन्, कांग्रेस पार्टीमात्रै मिसन ८०, ८१ बनाएर दैनिक जनताको सेवामा हिँडिरहेको छ,’ उनले भने।
मन्त्री साउदले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समेत बताएका छन्। ‘अर्थतन्त्र जुन गतिमा जानुपर्थ्यो, त्यसरी जान सकेको अवस्था छैन। अघिल्ला सरकारले खर्च धेरै गरेर आम्दानी गर्न नसकेका कारण अर्थतन्त्र जोखिममा छ,’ उनले भने, ‘तर सरकार त्यसको सामना गरेर अघि बढिरहेको छ।’
मन्त्री साउदले दलित समुदायलाई संविधानले संरक्षण गरेको समेत बताएका छन्। उनले दलित समुदाय देशभर छरिएर रहेकाले वर्गिय प्रतिनिधित्व कम भएको बताए। आर्थिक कारणबाट दलित समुदाय त्यसमाथि पनि महिलाहरु पछाडि परिरहेको भन्दै मन्त्री साउदले संविधानले दलित समुदायलाई संरक्षण गरेको बताए।













