धनगढी- कैलालीबाट अवैध काठ बरामद गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१० खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलीले सालको ठुलो परिमाण चिरान काठ बरामद गरेको हो।
स्थानीय शेरबहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ।
बरामद सालको काठ चिरान गरिएको दुई सय ५० थान (एक सय २० क्यु फिट) रहेको सव डिभिजन वन कार्यालय अत्तरियाबाट कार्यालय प्रमुख निराजन कडालले बताए।













