धनगढी- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनले राईलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।
त्यस्तै अनेरास्ववियुको प्रदेश उपाध्यक्षमा रोहित बोगटी, इन्द्र बोहरा र दिनेश सिंह, सचिवमा कमल रोकाया र सहसचिवमा यशोदा थापा, पुष्कर दौत्याल र नरेन्द्र साउद, कोषाध्यक्षमा जेबी कुँवर सर्वसम्मत निर्वाचित भएका छन् भने ५१ जनाको प्रदेश कमिटी पनि सर्वसम्मत निर्वाचित भएको छ ।













