टीकापुर– रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ ।कैलालीको टीकापुरमा हुने महाधिवेशनमा सहभागी हुन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल समेत पुगेका छन् । उनी चौधरीसँगै बयलगाडामा चडेर अधिवेशनस्थलतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको छ ।
बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ ।
नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्ने













