धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरस्थीत चैतन्य पाठशालाका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । चैतन्य पाठशालाका प्रमुख सल्लाहकार प्रा. डा. हेम राज पन्तले विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई ल्यापटप वितरण गरेका हुन् । चैतन्य पाठशालामा आयोजित कार्यक्रममा शिक्षकहरूलाई प्रमुख सल्लाहकारसँग साक्षात्कारसँगै थप ल्यापटप वितरण भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रमुख सल्लाहकार प्रा. डा. पन्तले शैक्षिक सुधारमा शिक्षकको मुख्य भूमिका हुने बताए । शिक्षकलाई विद्यालयको पठन पाठन तथा अध्यापन गर्दा अझ झन् सजिलो र प्रविधिमैत्री हुने कुरामा आफू विश्वस्त रहेको जानकारी दिएका छन् । उनले विद्यालयमा आवश्यक पर्ने प्रविधिलाई पनि जोड्दै जानुपर्ने उल्लेख गर्दै पाठशालाका सम्पूर्ण शिक्षकहरूलाई ल्यापटप वितरणले सहजता प्रदान हुने बताए ।
यस्तै उक्त अवसरमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले शिक्षकहरूको मेहनत र लगावले नै शैक्षिक संस्थाले सार्थक रूप लिने बताए । साथै उनले विद्यालयका प्रमुख सल्लाहकारलाई विशेष धन्यावाद व्यक्त गर्दै सबै जनाको योगदान प्रति धन्यवाद दिएका छन् । कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक कटक बहादुर सिंहले गरेका थिए भने कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालयका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।













