काठमाडौं- राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपांगता भएका व्यक्तिको समूहमा उमेदवारी दिएका नारायणदत्त भट्टको उमेदवारी कायम भएको छ ।
भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको भन्दै उजुरी दिएका थिए । जोशीले उमेदवारी खारेजीको माग गरेका थिए ।
तर, भट्टको योग्यता पुगेकाले उमेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सुदूरपश्चिममा तीन पदका लागि ६ उमेदवार छन् । उनीहरूको नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिएको छ ।













