धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको वासुदेवी माध्यमिक विद्यालयले ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालयले बिहिवार एक कार्यक्रमका बिच ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त रहेका थिए ।
वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यालयमा योगदान पुगाएका केही व्यक्तिलाई सम्मान समेत गरिएको वासुदेवी माध्यमिक विद्यालयका प्राचार्य पदमराज शर्माले बताए ।
वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्राचार्य शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।













