टिकापुर- नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट महासचिव बाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन समितिका अनुसार महासचिवमा धर्म बहादुर चौैधरी र गंगाराम चौधरीको उम्मेदवारी परेको छ ।
सोही पदमा ठाकुरसिंह थारुले पनि मनोनयन दर्ता गरेका थिए । तर, थारु सहमतिका लागि मनोनयन फिर्ता गरिसकेका छन् । महासचिवमा सहमतिका निम्ति छलफल भएता पनि कुनै टुङ्गो लाग्न सकेन । अहिले निर्वाचन समितिका टिमले मतदानमा जाने तयारी भएको जनाएको छ ।
धर्म चौधरी लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन् । गंगाराम हालसम्म पार्टीका सचिव थिए भने धर्म केन्द्रीय सदस्य थिए ।













