• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

संघीय निजामती सेवा ऐन जारी गर्न एकीकृत सरकारी कर्मचारी संगठनको माग

  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित

धनगढी- संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न माग गरिएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपालले यस्तो माग गरेको हो । धनगढीमा सम्पन्न भएको प्रदेश अधिवेशनले संघीय निजामती सेवा ऐन जारी लगायतका ९ बुँदे माग अगाडि सारेको हो । धनगढीमा आइतबार पत्रकार सम्मेलन गरेर अधिवेशनमा भएको छलफलका बारेमा जानकारी दिएको छ ।

संघीय निजामती सेवा ऐन जारी गर्न नसक्दा प्रशासनिक संघीयताले पूर्णता प्राप्त गर्न नसकेकोले जनमैत्री र कर्मचारी मैत्री ऐन पारित हुन नसक्दा समस्या भइरहेको संगठनका महासचिव पुरुषोत्तमप्रसाद भट्टले बताए । जहाँ सरकार त्यहाँ ट्रेड युनियन भन्ने मान्यतामा संगठन दृढ रहेको र तिनै तहको सरकारमा ट्रेड युनियन अधिकारको सुनिश्चित गर्न माग गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवा ऐन निर्माणको क्रममा ट्रेड युनियनहरूको प्रभावकारी उपस्थितिको लागि प्रदेश सरकारको तर्फबाट यथेष्ट पहल नभएको प्रति अधिवेशनको गम्भीर ध्यानाकर्षण भएको संगठनका महासचिव भट्टले बताए । प्रदेश निजामती सेवा ऐनमा भएका त्रुटिहरू सच्याउन प्रदेश सरकार समक्ष माग गरेको छ । सबै तहको कर्मचारीहरूको समान वृत्ति विकासको र सरुवाको ग्यारेन्टी गर्न माग गरेको छ । प्रदेश भित्रको अन्तर स्थानीय तहको सरुवा मापदण्ड बनाई कार्यान्वयन गर्न माग गरिएको संगठनका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए ।

यस्तै गरी करार ज्यालादारी कर्मचारीहरूको सेवा सुरक्षा र सामाजिक सुरक्षा कोषमा आबद्धताको माग गरिएको छ । अस्थायी र करार सेवाका कर्मचारीहरूलाई एक पटकको लागि मान्य सिद्धान्तको आधारमा स्थायी गर्न र स्थायी हुन नसक्ने राष्ट्रसेवकहरूको हकमा जीवन वृत्तिको ग्यारेन्टी सहित अवकाश योजनाको व्यवस्था गर्न संठनले माग गरेको छ ।

कर्मचारीहरूको कार्य थलोमा सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरिएको छ । प्रदेश सरकारको संगठन संरचना ओएनएमको सुनिश्चित गर्न जोड दिएको छ । प्रदेश निजामती सेवा नियमावली जारी ढिलो नगरी सरोकारवाला ट्रेड युनियनहरूको सक्रिय सहभागितामा स्थानीय सेवा ऐन जारी गर्न माग गरिएको छ ।

प्रदेश सरकारले कर्मचारी सरुवाको चक्रीय र पक्षपातरहित सरुवा प्रणालीको व्यवस्था गर्न माग गरिएको छ । यस्तै गरी सुशासन र क्षतिपूर्ति सहितको प्रदेश सरकारको सार्वजनिक सेवाको व्यवस्था गर्न जोड दिएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल संघीयतामा संघ प्रदेश स्थानीय तह का सबै प्रकृतिका सेवामा रहेका कर्मचारीहरूको प्रतिनिधित्व गर्ने गरी देश भरिका कर्मचारीहरूद्वारा स्थापना गरिएको संगठन हो ।

सुदूरपश्चिम प्रदेश शनिवार अधिवेशन भएको हो । संगठनको केन्द्रीय उपाध्यक्ष एवं सुप प्रदेश इन्चार्ज निर्प जोशीको अध्यक्षतामा धनगढी सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशसभाका दलका नेता दीर्घ सोडारी रहेका थिए ।

अधिवेशनमा संगठनका वरिष्ठ उपाध्यक्ष यामबहादुर खत्री, केन्द्रीय उपाध्यक्षहरू जयदेव जोशी, दिनेश लम्साल, शेरसिंह भण्डारी, महासचिव प्रकाश राई, सचिव हरिहर गौतम, पेशागत महासंघका प्रदेश अध्यक्ष कवीन्द्र चन्द लगायतको उपस्थिति रहेको थियो । अधिवेशनले जनकराज जोशीकी अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति गठन समेत गरेको हो ।

  • निजामती सेवा
आइतबार, पुष २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.