• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

अछामका स्थानीय तहमा भ्रष्टाचार बढ्यो, अख्तियारमा १८८ उजुरी

  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित

अछाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका दश स्थानीय तहविरुद्ध भ्रष्टाचार सम्बन्धी १८८ उजुरी परेका छन् । साँफेबगरमा शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको गरी अख्तियारमा भ्रष्टाचारसम्बन्धी १८८ उजुरी परेको जानकारी दिएको हो ।

अख्तियारका अनुसार गत आर्थिक वर्षमा १०७ र चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा उजुरी परेका छन् । अख्तियारमा परेका उजुरीमध्ये ५२ उजुरी फच्र्योट गरेका छन् भने १३६ उजुरी अनुन्धानको क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखाअधिकृत बसन्तबहादुर शाहीले जानकारी दिए ।

दश पालिका मध्ये सबैभन्दा बढी कमलबजार नगरपालिकाको गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको गरी ४३,मंगलेसन नगरपालिकाको २६,ढकारी गाउँपालिकाको २४,तुर्माखाद गाउँपालिका १९,पञ्चदेवल बिनायक नगरपालिका १७,रामारोशन गाउँपालिका १६,चौरपाटी गाउँपालिकाको १५,साँफेबगर नगरपालिकाको १३,मेल्लेख गाउँपालिकाको १० र बान्नीगढी जयगढ गाउँपालिकाको ५ भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ ।

सुदुरपश्चिम प्रदेशका स्थानीय तहका गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको गरी एक हजार २५२ उजुरी परेका छन् । सबैभन्दा बढी कैलालीको २८१,क्रमश बैतडीको १४२,कञ्चनपुरको १३९,बाजुराको १३०,बझाङ्गका ११९,डोटीका ९७,दार्चुलाको ९० र डडेल्धुराको ८६ उजुरी परेका छन् जसमध्ये ३४० उजुरी फच्र्योट भएका छन् भने ९१२ उजुरीको अनुसन्धानको क्रममा रहेका छन् ।

स्थानीय तहमा खरिद योजना नबनाउने,गलत स्टेमेट तयार पार्ने,बजेट टुक्राएर खरिद गर्ने,योग्यता नभएका व्यक्तिलाई खरिद कार्यमा सहभागी गराउने,उपभोक्ता समितिहरुमा आफ्नालाई मात्र राख्ने,काम सम्पन्न नहुदै रकम भुक्तानी,जनश्रमदानको रकम कट्टा नगरि भुक्तानी गर्ने,कर्मचारी नियुक्तिमा मिलमतो हुनु जस्ता विषयमा उजुरी पर्ने गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले कतिपय मुद्दाहरु ६ वर्षसम्म पनि किनारा लाग्न नसकेको भन्दै अख्तियारलाई कार्यसम्पादन छिटोछरितो गर्न सुझाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले समृद्धिको बाधक भ्रष्टाचारलाई न्युनिकरण गर्दे अन्त्य गर्नतर्फ अख्तियार हरबखत चनाखोका साथ लागिपरेको बताए ।

उनले भने,‘कुनै एउटा मात्र निकाय स्वच्छ भएर पुग्दैन । सबै तह र तप्का सुशासन कायम गर्न लागे मात्र भ्रष्टाचार निर्मुल पार्न सकिन्छ । उजुरीको अवस्था हेर्दा स्थानीय तहका अनियमितता बढेको र नागरिकमा पनि उजुरी गर्ने सम्बनधी जागरुकता देखिएको छ ।’ कतिपय भने उजुरी दुस्ख दिने नियतले मात्र गरेको पाइएको केसीले बताए ।

 

  • भ्रष्टाचार बढ्यो
आइतबार, पुष २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.