धनगढी- सुदूरपश्चिम प्रहरीको नयाँ प्रमुखका रूपमा आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) रवीन्द्र केसीले प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । डिआइजी भरतबहादुर बोहरा सरुवा भएर गएपछि आएका केसीले आइतबार कमाण्ड सम्हालेका हुन् ।
आइतबार प्रदेश प्रहरी कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका छन् । केसीलाई प्रदेशस्थित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिल्लीराज बिष्ट लगायतका प्रहरी अधिकृत र कर्मचारीले स्वागत गरेका थिए ।













