• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

डोटीमा रैथाने बाली संरक्षणमा किसान

  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित

डोटी- तीन वर्षदेखि जोरायल–२ घण्टेश्वरीकी इन्द्रा ओली दाब्बी जातको गहुँ बाली जोगाउन दिनरात खटिंदै आएकी छन् । ओसिलो क्षेत्रमा पनि फल्ने तथा पिठो नरम हुने विशेषता रहेको दाब्बी गहुँ घण्टेश्वर क्षेत्रमा मात्र फलाइन्छ । गहुँको महत्त्वबारे गाउँका बुढापाकाबाट थाहा पाएपछि उनी तीन वर्षदेखि यसको संरक्षणमा जुटेकी हुन् ।

‘पोहोर साल असिनापानीले सबैको गहुँ नष्ट गर्‍यो तर दाब्बी गहुँमा केही भएन,’ गहुँको अर्को महत्त्व भन्दै ओलीले भनिन्, ‘यसको विशेषता असिनापानी र किराफट्यांग्राबाट सहजै जोगाउन सकिन्छ ।’

त्यस्तै घण्टेश्वरका चपरताली बस्तीका ९ जनजाति परिवारले पाखो जमिनमा स्थानीय भोटे सिमी र प्याजको संरक्षण गरिरहेका छन् । ‘जिजुबाजेको पालादेखि लगाउँदै आएको प्याज र सिमी अचेल सबै ठाउँ पाउन सकिन्न,’ जोरायल गाउँपालिका–२ चपरतोलीका पदमबहादुर थापाले भने, ‘हामीले त्यसको संरक्षण किन नगर्ने भनेर बस्तीका ९ परिवार अहिले लागिपरेका छौं ।’ किरमीरे, लाहुरे नामका चौमासमा लटरम्म फल्ने रातो रंगको सिमी पनि स्थानीयले संरक्षण गर्न थालेका छन् ।

स्थानीय प्याजको नाम भने किसानलाई थाहा छैन । ठूलो दाना लाग्ने, सलादका रूपमा खान उपयुक्त हुने विशेषता रहेको यो प्याज उत्पादन पनि राम्रो हुने गरेको किसानहरूले बताए । प्याजको एउटै दाना ८ सय ५० ग्रामसम्मको फलाएको किसानहरूले जानकारी दिए ।

घण्टेश्वरमा स्थानीयहरू रैथाने बीउ संरक्षण अभियानमा लागेका छन् । लोप हुन थालेका स्थानीय बाली तथा तरकारीका बीउ संरक्षणमा जोरायल गाउँपालिका–२ घण्टेश्वरका स्थानीय सामूहिक रूपमा लागिपरेका छन् ।

धान, मकै, सिमी, चोतो, मुला, कोदो, फापर, धनियाँ, लसुन, प्याज र गहुँजस्ता विभिन्न स्थानीय बालीनालीको बीउ संरक्षणमा किसानले जोड दिएका छन् । स्थानीय ७३ प्रजातिका लोपोन्मुख बीउ संरक्षण गरिरहेको दाबी किसानहरूले गरेका छन् । २०७० सालबाट जैविक विविधता संरक्षण कृषि सहकारी संस्था बीउ बैंकका रूपमा समेत स्थापना गरेका छन् ।

सो सहकारीमा ३ सय ५७ किसान आबद्ध छन् । मंगलबार तीनै किसानले दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा आयोजित एक कार्यक्रममा रैथाने बालीनाली र खाद्यान्नका परिकार प्रदर्शनीका लागि राखेका थिए । प्रदर्शनीमा जोरायल गाउँपालिका अध्यक्षदेखि कृषि निर्देशनालय राजपुरका निर्देशक यज्ञराज जोशी, कृषि ज्ञानकेन्द्रका प्रमुख गंगा अवस्थी लगायत स्थानीयको सहभागिता थियो ।

कृषि विकास निर्देशनालयका निर्देशक जोशीले किसानको डेढ दशकको मिहिनेत र परिश्रमले रैथाने बाली संरक्षणमा अहम् भूमिका रहेको भन्दै प्रशंसा व्यक्त गरे । निर्देशक जोशीले रैथाने बालीको संरक्षण र प्रबर्द्धन गरी विपन्न परिवारको आर्थिक विकास र जलवायु परिवर्तनका असरहरूसँग अनुकूल हुन सहज हुने बताए ।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझाले रैथाने प्रजातिका बालीनाली र खाद्यान्नका परिकार संरक्षणमा गाउँपालिकाले सक्दो सहयोग गरेको बताउँदै किसानलाई हौसला बढाउन १० वर्षे कृषि नीति तयार पारेर ठोस काम गर्न चाहिरहेको बताए ।

जैविक, पर्यावरण संरक्षणमा त्यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ली वर्ड नामक संस्थाले स्थानीय बीउ संरक्षणका लागि जागरणमूलक कार्यक्रमहरू किसानमाझ ल्याएपछि स्थानीयवासी हौसिएका हुन् ।

‘बाहिरबाट आयात हुने बीउ, तरकारीबालीले स्थानीय प्रजातिहरू हराउन लागेको अनुभूति नै थिएन,’ सहकारीका पूर्वअध्यक्ष भोजबहादुर मल्लले भने, ‘स्थानीय बीउको महत्त्वबारे ली वर्डले सम्झाउन बुझाउन लागेपछि हामीहरू संरक्षणमा सामूहिक रूपमा जुट्यौं ।’

सहकारीमार्फत घण्टेश्वरका किसानले नेपाल सरकारले काठमाडौं खुमलटारमा स्थापना गरेको राष्ट्रिय जीन बैंकमा जिल्लाका ५८ स्थानीय बालीनालीका प्रजाति संरक्षणका लागि पठाइसकेको सहकारीका प्रबन्धक गणेश विष्टले जानकारी दिए ।

किसानले संरक्षणका लागि स्थानीयले लगाउँदै आएका उत्पादन भने जैविक विविधता संरक्षण कृषि सहकारीले खरिद गरिदिंदै आएको छ । संकलन भएका उत्पादनहरूबाट मूल बीउ बनाएर सहकारीले अन्यत्र पनि लगाउन प्रोत्साहन गरिरहेको सहकारीका अध्यक्ष कविराम डाँगीले बताए ।

एक वर्षमा मात्रै उन्नत मकैको बीउ ग्रेडिग गरेर सहकारीले २५ टन मकै निर्यात गरेको थियो । अध्यक्ष डाँगीले सहकारीमार्फत स्थानीय स्तरमा पाइने रैथाने जनावरको समेत संरक्षण गर्न फिल्ड जीन बैंक स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

पछिल्लो समय विभिन्न संघसंस्था र कार्यालयले बढी उत्पादनको प्रलोभन देखाएर किसानलाई जथाभावी विकासे बीउबिजन बाँडिदिएकाले स्थानीय प्रजातिका बालीनाली संकटमा पर्दै गएको जिल्ला कृषि विकास अधिकृत डा. तपेन्द्र शाहको बुझाइ छ । उनले घण्टेश्वरमा किसानले थालेको अभियान सकारात्मक रहेको बताए ।

‘पहिले पहिले स्थानीय प्रजातिलाई हेप्ने प्रवृत्ति थियो,’ शाहले भने, ‘अहिले स्थानीय प्रजातिका तरकारी फलफूलले राम्रो मूल्य पाइरहेका छन्, घण्टेश्वरका किसानले सफलता पनि पाउँदै गएका छन् ।’ किसानहरूले बीउ संरक्षणसँगै उत्पादन समेत बढाउँदै लगेका छन् ।

 

  • रैथाने बाली
बुधबार, माघ ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

समाचार

सबै

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.