• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

बयालपाटा अस्पतालको सेवा प्रभावित

  •   शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

अछाम- दाताको सहयोगमा सम्पूर्ण सेवा निःशुल्क दिइरहेको बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । सहयोग जुटाउन नसक्दा अस्पतालका सेवा प्रभावित हुँदै गएका छन् ।विदेशी दाताको सहयोगमा निःशुल्क सेवा दिइरहेको अस्पातललाई पछिल्लो समय सहयोग पनि आधाभन्दा धेरै घटेको छ ।

दाताले सहयोग घटाएपछि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहको भरमा सहयोगमा सञ्चालन भइरहेको अस्पतालमा यो वर्ष दुवै निकायबाट बजेट उपलब्ध नहुँदा समस्या भएको हो । आर्थिक अवस्थाका कारण वैकल्पिक व्यवस्था गर्न नसक्दा एक सातादेखि शल्यक्रियामार्फत प्रसूति सेवा बन्द गर्नुपरेको अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकले बताए । उनका अनुसार शल्यक्रिया गर्ने एमडीजीपी डाक्टर पारिवारिक समस्या देखाउँदै अस्पताल नआएको र अर्का एक जनाले पनि जागिर छाडेपछि सेवा एक सातादेखि बन्द भएको हो

अस्पतालसँग अहिले शल्यक्रिया मार्फत प्रसूति गराउने जनशक्ति नै छैन । प्रदेशबाट बजेट आएको भएलगत्तै अर्को जनशक्ति हायर गर्न सकिन्थ्यो । अहिले आर्थिक रूपमा संकट झेलिरहेका छौं,’ उनले भने, ‘अर्को व्यवस्था नहुँदासम्मका लागि जनशक्ति उपलब्ध गराइदिन प्रदेश सरकार र जिल्ला अस्पतालसँग अनुरोध गर्दा पनि कतैबाट सहयोग भएन ।’

अहिले अस्पतालमा प्रसूति हुन आएका जटिल अवस्थाका गर्भवतीलाई रेफर गर्नुपरेको उनले बताए । गत आर्थिक वर्षमा अस्पतालले १ सय २७ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको थियो । अस्पताल व्यवस्थापन समिति अध्यक्ष रहेका साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवरले आर्थिक स्रोत जुटाउन नसक्दा अस्पतालको सेवा प्रभावित भइरहेको बताए । उनले नगरपालिकाबाट चालु वर्षमा पनि एक करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

अस्पताल सञ्चालनका लागि वार्षिक २२ करोड आवश्यक पर्छ । गत वर्ष प्रदेश सरकारले अस्पताललाई ९ करोड रुपैयाँ अन्तिम समयमा आएर उपलब्ध गराएको थियो । चालु आर्थिक वर्ष पनि प्रदेश सरकारले ९ करोड दिने मौखिक जानकारी गराए पनि अहिलेसम्म सम्झौतासम्म भएको छैन । ‘प्रदेश सरकारले बजेट दिने या नदिने भनेर यकिन कुरा गरिरहेको छैन ।

हामी आर्थिक समस्यामा त छौं नै त्यसैमाथि प्रदेशले पनि अन्योलता सिर्जना गराएको छ,’ उनले भने, ‘अहिले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भयो । कतैबाट सहयोग आएन भने अन्य सेवा पनि प्रभावित हुन सक्ने अवस्था देखिएको छ ।’

अस्पताल प्रमुख डा.पाठकका अनुसार प्रदेश सरकारले अहिलेसम्म ५० लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएको जानकारी मात्र आधिकारिक रूपमा गराएको छ । ‘पुँजीगत खर्चका लागि छुट्याएको रकम चालुतर्फ खर्च गर्न मिल्दैन । त्यसअन्तर्गत अस्पतालका लागि अन्य सामग्री खरिद गर्नुपर्छ ।

त्यो पनि प्रदेश सरकारबाट आफैं खरिद गरेर अस्पतालमा पठाउने कुरा भएको छ,’ उनले भने, ‘आवश्यक सामानको लिस्ट पठाएको तीन हप्ता भयो, सामान आइपुगेको छैन ।’ अस्पताललाई आर्थिक सहयोग गर्नेबारे सरकारका विभिन्न तहमा छलफल भइरहे पनि सकारात्मक कुरा नआएको उनले बताए ।

१६ वर्ष अगाडि न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पोसिबलको आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको यो अस्पतालले निःशुल्क सेवा दिइरहेको छ । केही समय विदेशी दाताबाट सञ्चालन हुँदै आएको अस्पताललाई अहिले दाताबाट आंशिक सहयोग मात्रै हुँदै आएको छ ।

अस्पताललले स्थापनाकालदेखि आव ०७९/८० सम्म ११ लाख ५२ हजार बिरामीलाई निःशुल्क सेवा दिइसकेको छ । बयालपाटा अस्पतालमा अछाम, बाजुरा र डोटीका लागि विशेषज्ञ सेवा दिने पहिलो अस्पतालको रूपमा छ भने एक वर्षमा एक लाख बढीले अस्पतालबाट सेवा लिँदै आएका छन् । कान्तिपुरबाट

  • सेवा प्रभावित
शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

समाचार

सबै

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.