• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

आन्तरिक पर्यटकको रोजाइमा कञ्चनपुरको सिस्ने सिमसार

  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित

कञ्चनपुर- कृष्णपुर नगरपालिकाका तीन सामुदायिक वन क्षेत्रभित्र पर्ने सिस्ने सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जनहित महाकाली, समैजी र ग्वासी सामुदायिक वन क्षेत्रको झण्डै ५० हेक्टर क्षेत्रफलमा सिस्ने सिमसार क्षेत्र फैलिएको छ । सिमसार क्षेत्रका हरिया फाँट, प्राकृतिक ताल, चुरे क्षेत्रको मनोरम दृश्य पर्यटकका रोजाइमा पर्ने गरेका हुन् ।

यहाँको दृश्य नियाल्न र वनभोज मनाउन आउनेको सङ्ख्या बढ्दो छ । सीमासार क्षेत्रका हरिया मनोरम घाँसे मैदान व्यवस्थापनसँगै पानीका स्रोत, तालको संरक्षण सम्वद्र्धन गरिएपछि पर्यटक पुग्न थालेका हुन् । एक दशकअघिदेखि सिमसार क्षेत्रको घाँसे मैदान व्यवस्थापनको कार्य हुँदै आएको जिल्ला वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बताए ।

दातृ निकायको सहयोगमा समन्वय समितिले सामुदायिक वनसँगको सहकार्यमा युवा परिचालन गरी आगलागी नियन्त्रण, घाँसे मैदान व्यवस्थापन, चरिचरन नियन्त्रण, चोरी शिकारी नियन्त्रणलगायतका काम गर्दै आएको छ । “चरिचरन नियन्त्रण र पानीका श्रोत संरक्षणले सिमसार क्षेत्रमा वन्यजन्तुको आवागमन समेत बढेको छ”, उनले भने, “चितल, निलगाई, चितुवा, मजुर, बँदेललगायत साँझ र बिहानको बेला घाँसे मैदानमा चर्दै गरेको दृश्य नियाल्न सकिन्छ ।”

दिउँसो मानव चहलपहल बढी हुने भएकाले जनावर कहिलेकाहीँ मात्रै देखिने उनले भने । “यस क्षेत्रको संरक्षणले गत वर्ष हात्ती बच्चा जन्माउन र हुर्काउन चार महिना यहाँ बस्यो”, समन्वय समितिका उपाध्यक्ष नरेश भट्टले भने, “जङ्गली हात्ती हिँड्ने यो क्षेत्र करिडोरका रुपमा छ, प्रत्येक वर्ष हिउँदका बेला चुरे क्षेत्र हुँदै हात्तीको बथान यहाँ देखा पर्ने गरेको छ ।”

हिउँदका बेला बसाई सरेर आउने चरा, रैथाने प्रजातिको सेतो सारस, गिद्ध र विभिन्न प्रजातिका चराचुरुङ्गी यस क्षेत्रमा पाइने गरेको उनले जानकारी दिए । एकै ठाउँमा धेरै प्रकारको जैविक विविधता पाइने भएकाले वन विज्ञानसम्बन्धी शोधकर्ता र विद्यार्थीका लागि अध्ययनस्थलका रुपमा सिमसार क्षेत्र परिचति हुन थालेको छ । प्रत्येक वर्ष विदेशीसँगै चितवन, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी र शोधकर्ता जैविक विविधता अध्ययन गर्न यहाँ आउने गरेका छन् ।

सिमसार जीवजन्तुको आश्रयस्थलका रुपमा परिणत भएपछि कहिल्यै नदेखिएको पाटेबाघ देखा परेको समन्वय समितिका पूर्वअध्यक्ष शिवराज पन्तले बताए । सिमसार क्षेत्रमा चाडपर्वका बेला मनोरम दृश्य नियाल्न र वनभोज जानेको भीड लाग्छ । शनिबारलगायत बिदाका दिन विद्यार्थी, आमा समूह, युवा यस क्षेत्रमा पिकनिक मनाउँछन् । नगरपालिकाको वडा नं २ स्थित विजयसाल सामुदायिक घरबास होमस्टेमा बास बस्न पुगेका पाहुना पनि सिमसार क्षेत्रको अवलोकनका लागि पुग्ने गर्दछन ।

घरबास सञ्चालकले सीमासार अवलोकन गर्न जाने पाहुनाका लागि बैलगाडाको व्यवस्था गरेका छन् । बैलगाडा यात्रा गर्दै पाहुना यस क्षेत्रमा घुमफिर गर्न मन पराउने गरेको घरबास सञ्चालक विस्पति चौधरीले बताए । “सिमसारको विशेषता पाहुनालाई जानकारी गराउँछौँ”, उनले भने, “घरबासभन्दा उत्तरतर्फ पाँच किलोमिटरको दूरीमा रहेको सिमसार हेर्न पाहुनाले इच्छा व्यक्त गरे अनुसार बैलगाडामा राखेर थोरै शुःल्कमा घुमाउँछौँ ।”

सिमसार क्षेत्रमा पर्यटकलाई टाढासम्मको दृश्यावलोकनका लागि टावर निर्माण गरिएको छ । पर्यटकको सुविधाका लागि खानेपानीका धारा र वनभोजस्थल निर्माण गरिएका छन् । पर्यटक बढ्न थालेपछि सामुदायिक वनले झाडी सरसफाइसँगै मैदानका लामो घाँस काट्ने, वनमारा हटाउने गर्दै आएका छन् ।

समैजी सामुदायिक वनका अध्यक्ष हजारीसिंह भाट सामुदायिक वनमा रहेका सिमसारको संरक्षणका लागि एक दशकअघिदेखि काम हँुदै आएको बताउछन् । “उपभोक्तालाई सिमसार संरक्षणको जनचेतना जगाउन पानीका पोखरी संरक्षणमा लागेका छौँ ।” जङ्गली जनवारलाई पानी पिउन दुई कृत्रिम पोखरी निर्माण गरिएको छ । आन्तरिक पर्यटकको सहजताका लागि पानीको मूल संरक्षण गरी धारा बनाइएको छ । तुर्किवण्ड, सिस्ने र गाँडेखाल ताल वनभित्र पर्छन् । जसमध्ये तुर्किवण्ड र गाँडेखाल ताल व्यवस्थापन गनुपर्ने सामुदायिक वनका अध्यक्ष ईश्वरीदत्त भट्टले बताए ।

“पानीका तीन मुहान संरक्षण गरेका छौँ”, उनले भने, “मछेली नदीले सिमसारमा उत्तरबाट कटान तीव्र बनाएकाले नियन्त्रण अघि बढाउनुपर्छ ।” सिमसारलाई तत्कालीन जिल्ला वन कार्यालय कञ्चनपुरले विसं २०७१ मा जैविक विविधता अनुसन्धान क्षेत्र घोषणा गरेको थियो । जसअन्तर्गत शून्य चरिचरन क्षेत्र घोषणा, विजयसाल संरक्षण पुनः उत्पादन, बासस्थान व्यवस्थापन, संरक्षण, घाँसे मैदान व्यवस्थापन, पानीपोखरी संरक्षण, भूक्षय नियन्त्रण, अग्नि नियन्त्रण, चरा अनुसन्धान क्षेत्र, सिमसार संरक्षण, दृश्यावलोकनका लागि मचान निर्माणजस्ता काम गरेको थियो ।

यस क्षेत्रमा कृष्णपुर नगरपालिका–२ वाणी हुदैँ जनहित महाकाली सामुदायिक वन भएर पुग्न सकिन्छ । वडा नं ४ बाट समैजी सामुदायिक वन हुँदै पनि सिमसार क्षेत्र पुग्न सकिन्छ । कच्ची सडक हुदैँ मोटरसाइकल र जीपलगायतबाट सिमसार क्षेत्र पुग्न सकिन्छ । सुक्खायाम र हिउँदका बेला सहजै सिमसार क्षेत्रमा पुग्न सकिने भए पनि बर्सात्मा हिलाम्मे सडक र पानी हुने भएकाले पर्यटकलाई असहजता हुने गरेको छ । सिमसार क्षेत्रमा घुम्न असोज अन्तिम हप्तादेखि जेठसम्मको समय उपयुक्त हुन्छ ।

 

  • सिस्ने सिमसार
शनिबार, माघ ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

समाचार

सबै

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.