धनगढी- कैलालीको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत फेला परेको छ। जानकी गाउँपालिका वार्ड नं.९ स्थित अमरावती सामुदायिक उपभोक्ता समूहको वनभित्र शिकारीको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि वन कर्मचारी र प्रहरी टोली घटनास्थल पुगेका छन्।













