धनगढी- धनगढी उपमहानगरपालिकाका निर्वतमान नगर प्रमुख नृपबहादुर वडले राजनीति दलको सहयोग भएन भने नगरप्रमुख गोपाल हमाल तीन महिना पनि टिक्न नसक्ने बताएका छन् । धनगढीमा सोमवार निशाना न्युज सँगको कुराकानीमा वडले यस्तो बताएका हुन् ।
‘यदि दलहरूको सहयोग भएन भने ठोकुवाका साथ भन्छु तीन महिना टिक्न सक्नु हुन्,’ वडले भने । अहिले सम्म राजनीति दलको सहयोग भएरै नगर प्रमुख हमाल पदमा बस्न सकिरहेको उनले बताए ।
‘राजनीति दलले चाहेन भने काम गर्न नसकेर आफै रेस्ट गर्नु हुन्छ । राजीनामा दिने नदिने उहाँको कुरा हो,’ वडले भने । नगरप्रमुख हमालको राम्रो काममा राजनीति दलले सहयोग गरिरहेको र जनताको हित नहुने काममा राजनीति दलले सहयोग नगर्ने उनले बताए ।
















