धनगढी- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले सोमबार दोश्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।
कार्यालयले दोश्रो त्रैमासिक अवधिमा चार वटा खाद्य उद्योगको दर्ता प्रकृयाका लागि सिफरिस, सात वटा खाद्य उद्योग र १ दाना उद्योगको अनुज्ञापत्र नवीकरण र १३ वटा खाद्य उद्योगको अनुज्ञापत्र नयाँ जारी गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा नविकरण र सिफारिस गरेर ७३ वटा रहेका छन् भने संयुक्त अनुगमन टोलीबाट ३९ पटक गरिएको कार्यालयले जनाएको छ । कार्यालयले खाद्य बजार तथा होटल रेस्टुरेन्ट अनुगमन दोश्रो त्रैमासिकमा संयुक्त अनुगमन टोलीबाट ५९ पटक, ३८ पटक खाद्य उद्योग अनुगमन र ४६ पटक होटल रेस्टुरेन्टहरुको अनुगमन गरेको हो ।
यस्तै खाद्य प्रविधिले खाद्य तथा दाना नमूना संकलन उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन गर्ने क्रममा ३० वटामा नमूना संकलन गरेको र प्रथम ६ महिनामा १४७ वटा खाद्य तथा दाना नमूना संकलन गरेको छ ।
कार्यालयले खाद्य तथा दाना नमूना विश्लेषणमा दोश्रो त्रैमासिक अवद्यिमा खाद्य तथा दाना अनुञपत्र तथा नविकरण संकलित १२७, अनुरोध भई आएका १६, बजार अनुगमनमा २० र अनुसन्धानात्मक १२४ गरी जम्मा २८७ गरी प्रथम ६ महिनामा ११५३ वटा खाद्य तथा दाना नमूनाहरुको विश्लेषण गरिएको कार्याले जनाएको छ ।
खाद्य तथा दाना ऐन अनुरुप कारवाहीमा गत आर्थिक वर्षमा लगत सरि आएका ३० वटा रहेका छन् भने प्रथम ६ महिनामा कैलाली, कञ्चनपुरमा १० वटा अदालतमा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
यस्तै खाद्य स्वच्छता तथा गुणनस्तर सम्बन्धि उजुरी तथा गुनासो सम्बोधन एवं व्यवस्थापनमा चार वटा खाद्य स्वच्छता तथा गुणस्थर सम्बन्धी उजुरी परेको छ । राजश्व संकलन तथा वितिय प्रगतिमा नवीकरण र सिफरिस दस्तुर वापत दुई लाख ५७ हजार ३२० राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले दोश्रो त्रैमासिकमा ५० वटा पसलहरुबाट खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ भने आर्थिक वर्षमममा कुल १०५ वटा फर्महरुबाट जफत नष्ट गरिएको कार्यालयले जनाएको छ ।
दोश्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका निमित कार्यालय प्रमुख हरीसिंह बोहराले भौतिक संरचना नहुँदा ल्यावलाई व्यवस्थित गर्न नसकिएको बताए ।
















