धनगढी- कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा दाउरा वितरण गरेको छ । तराईका जिल्लामा शितलहर सङ्गै अत्यधिक चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो ।
शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख वीरेन्द्र भट्टले बताए । उनले चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरूलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए।
उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समय भरी नै नगरले दाउरा वितरण गर्दै आएको नगर प्रमुख वीरेन्द्र भट्टका स्वकीय सचिव दिपिन साउदले बताए ।
दाउरा पाएपछि स्थानीय व्यवसायीले खुसी व्यक्त गरेका छन् । व्यवसायी रतन विष्टले भने , ‘चिसोमा नगरपालिकाले आफ्ना नागरिकलाई दाउरा वितरण गर्नु राम्रो हो । गाउँ बस्तीमा पनि वितरण गरी दिए सबैले राहत पाउने बताए ।’













