• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

हिमपातसँगै चिसो बढ्यो

  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित

बाजुरा – बुधबारबाट भएको मौसम बदलीसँगै जिल्लाको लेकाली भेगमा हिमपात भएको छ। एकाएक मौसममा बदली भएर वर्षा हुन थालेपछि हिमपात सुरु भएको हो। जिल्लाका नौवटै पालिकाका लेकाली र तल्लो क्षेत्रमा हिमपात हुन थालेको छ।

पाँच महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाका विच्छ्याँ र रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका लेकाली उच्च लेकाली भेगमा भारी हिमपात भएको छ।

यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो। बँेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ। बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ। बडीमालिका र बूढीनन्दा नगरपालिका लगायतका उच्च हिमाली क्षेत्र यस वर्ष कात्तिक अन्तिम साताबाट सेताम्मे हुने चुचुरा केही वर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन्।

जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। वर्षा र हिमपात भएपछि बस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन्।

हिमपातका कारण सदरमुकाम मार्तडीलगायत विद्यालयसमेत प्रभावित भएका छन्। चिसोसँगै हिमपात भएपछि विद्यालयबाट टाढा रहेका विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ। लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै भारी हिमपात भएपछि खुसी भएका छन्।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कृषक कमल रावलले बताए। वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए।

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु तथा कालीकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा पर्ने बडिमालिका र बूढीनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने यातायात सेवा प्रभावित भएको छ।वन्यजन्तु चोरी सिकारीको सम्भावना बढ्यो
वर्षासँगै हिमपात हुन थालेपछि लेकाली भेगबाट चिसोबाट बच्नका लागि बेंसी झर्ने जङ्गली जनावरको चोरी सिकारी बढ्ने भएको छ। हिमपात भएपछि चिसो छल्न बेँसी आउने हरिण, मृग रतुवालगायतका जनावरको चोरी सिकारी बढ्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ।

वनजङ्गलमा रहेका वन्यजन्तुको स्थानीयले भाला, बन्दुक प्रयोग गरेर उनीहरुको चोरी सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताए। अयडीले वन्यजन्तुको चोरी सिकारी रोक्न डिभिजन वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा वन्यजन्तु चोरी सिकारी रोक्ने बताए। चोरी सिकारीका घटना भएको पाइएमा वन ऐनअनुसार कारबाही गरिने उनले बताए।

  • चिसो बढ्यो
बिहिबार, माघ १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.