कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा आफ्नै मामाको छोरालाई बन्चरो प्रहार गरेर एक जना फरार भएका छन् ।
शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बन्चरो प्रहार गरेर अन्दाजी ४० वर्षीय रुद्रे भुल फरार भएका हुन् ।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीर बहादुर बुडाऐरका अनुसार डम्मरे भुलको अवस्था गम्भीर रहेको छ । उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बन्चरो प्रहार गर्ने भुलको खोजी र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुडाऐरले बताए ।













