अछाम- जिल्लाको रामाराेशन गाउँपालिका- ६ भटाकाटियामा २९ औं जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न गरिएकाे छ । तत्कालीन जनयुद्धकालमा सुदूरपश्चिमकै अग्रभागकाे रुपमा मानिएकाे रामाराेशन गाउँपालिकामा २९ ओैं जनयुद्ध दिवस ३ दिनसम्म मनाएकाे छ ।
फागुन १ गते उद्घाटनसँगै सहिद परिवार, जनयुद्धका घाइते अपाङ्गहरु, राजबन्दीहरु र पूर्व जनमुक्ति सेनालाई सम्मान गरिएकाे छ । २ र ३ गते जनयुद्ध दिवसकै अवसरमा ‘महिला हिंसा न्युनिकरण, सामाजिक सचेतना र शैक्षिक चेतना’ बिषयक महिलाहरुद्वारा १० वटा समूहमा देउडा प्रतियाेगिता प्रदर्शन गरिएकाे छ ।
स्थानीय लाेक झाँकि, कला संस्कृति, हुड्केउली र ब्याटल देउडा प्रदर्शन गरिएकाे छ । प्रतियाेगितामा स्थान हासिल गर्ने टिमलाई पुरस्कारसहित तेश्राे दिनमा कार्यक्रम समापन गरिएकाे नेकपा (माओवादी केन्द्र) रामाराेशन गाउँपालिका इन्चार्ज तथा सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य पहल साउदले बताए ।
रामाराेशन गाउँपालिकामा माओवादी पार्टीको बहुमत कार्यपालिका निर्वाचित र गाउँसभा छ । कार्यक्रमलाई स्थानीय सरकारले सहयाेग गरेकाे गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाले बताइन ।













