कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान जफत गरेको छ। भीमदत्त नगरपालिका–१० भुजेलाबाट भन्सार छलिका अन्दाजी १ लाख ५७ हजार २ सय मुल्य बराबरको किरानाका सामान, कस्मेटिकका सामान,साईकलको टायर, खेलौना, दुध पाउडर, तेल लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै पुनर्वास नगरपालिका–११ जानकीटोलबाट अन्दाजी ७७ हजार ८ सय मुल्य बराबरका लेडिज कपडा, मखमलको काँचो कपडा, साडी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरिएको छ। आइतवार बिहान प्रहरी गस्ती टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।













