• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

धनगढीको चैतन्य पाठशालाले मनायो २३ औँ वार्षिकोत्सव, विभिन्न व्यक्तित्वलाई ग¥यो सम्मान

  •   सोमबार, फागुन २८, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरस्थीत चैतन्य पाठशालाले २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। शिक्षा र संस्कारको संगम भन्ने नारा लिएर अघि बढी रहेको पाठशालाले सोमबार विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा भव्यताका साथ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

वार्षिकोत्सवको स्वागत मन्तव्य व्यक्त गर्दै चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले पूर्वीय ज्ञान परम्परासँगै विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक् सिकाइमा विद्यालय अघि बढी रहेको बताए। वर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै भविष्यका कर्णधारका रूपमा चिनिएका स साना बालबालिकालाई जीवन उपयोगी सिप ज्ञान र क्षमताका कुरालाई जोड दिएको बताए। स९साना बालबालिकालाई विद्यालय तह देखी शिक्षा प्रदानसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनीहरूको स्तर बृद्र्धि गर्न विद्यालयले जोड दिँदै आएको उनको भनाई छ ।

जस अनुसार विद्यालयले वर्षभरि ६५ वटा बढी रचनात्मक कार्यक्रम तथा अतिरिक्त क्रियाकलाप गरेको जानकारी दिएका छन् । समाजमा विभिन्न क्षेत्रबाट योगदान पुराएका व्यक्तित्वलाई विद्यालयमै बोलाएर विद्यार्थी तथा अभिभावक सँग चैतन्य संवाद निरन्तर सञ्चालन गर्दै आएको बताए ।

चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले विद्यालय तह देखी नै विद्यार्थीहरूलाई शिक्षा संस्कारको संगम पूर्वीय दर्शनमा आधारित शिक्षण पद्धति जीवन उपयोगी शिक्षा र अहिलेको विश्व व्यापी शिक्षा विकसित वैज्ञानिक विकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेवार विद्यार्थीको निर्माणमा जुटेको बताए।

विद्यार्थी काल देखी नै उसको असल र चरित्र वान व्यक्ति बनाउने उद्देश्य रहेको बताए । बालबालिकालाई पाठ्यपुस्तक बाहेक व्यवहारिक ज्ञान दिन आवश्यक रहेकोभन्दै विद्यार्थीको रुचि र भविष्यमा गरी खान सक्ने शिक्षालाई आत्मसाथ प्रदान गरिएको जानकारी दिए। विद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने उद्देश्य चैतन्य पाठशालाको रहेको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार,महाकाव्यकार तथा मदन पुरस्कार विजेता डा नवराज लम्सालले विद्यालयले पाठ्यपुस्तकमा मात्रै सीमित नराखेर र ज्ञान सिप र कला संस्कृति र पहिचानलाई दैनिक व्यवहारमा लागु गराउन र पूर्वीय दर्शनको मान्यतालाई आधार गर्दै त्यसभित्र महान् कुरालाई आत्मसाथ गराएको भन्दै सुखी व्यक्त गरेका छन् ।

ज्ञान, सिप, कलासँगै व्यक्तित्व विकासका लागी संस्कार नभएमा शिक्षाको मान्यता नहुने उनको भनाई छ । चैतन्यले पुरस्कार एवम् सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न कार्यहरू गरिएको जनाएको छ । २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा वर्षभरि विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै शिक्षक, शिक्षिका, अभिभावक,पत्रकार तथा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको छ ।

चैतन्य ग्रुप अफ कम्पनी अन्तरगत विभिन्न सामाजिक एवम् सकारात्मक कार्यको थालनी, चैतन्य शासकीय सुधार एवम् सुशासन प्रवर्धन पुरस्कार रु १ लाख, पहिलो व्यक्ति रूपमा पूर्व मुख्यसचिव डा। विमल कोइराला प्रदानलाई प्रदान गरेको छ। त्यस्तै २०८० असोज १७ गते जागरकोेटमा गएको भूकम्प पीडितका लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धारको कोष मार्फत १ लाख सहयोग गरिएको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशील, एवं अनुकरणीय एवम् उत्प्रेरणदायी व्यक्तित्वलाई सम्मान एवम् पुरस्कारको व्यवस्था गरिएको थियो।
जसमा चैतन्य शिक्षा साधना सम्मान रु २५ हजार रहेको थियो । चैतन्य साहित्य साधना सम्मानबाट रु २५ हजार प्रा।डा। हेमराज पन्तलाई २०७९ सालमा प्रदान गरिएको थियो । चैतन्य खेल साधना सम्मान रु २५ हजार र चैतन्य कला साधना पुरस्कार १० हजार रहेको छ । त्यसैगरि दृष्टि फाउन्डेसन धनगढीलाई सहयोग स्वरूप फर्निचर तथा विद्यालयमा फाउन्डेसनको स्वामित्व हुने गरी सहयोग दान पेटीका स्थापना गरिएको छ । जसबाट बालबालिकामा सहयोग तथा परोपकारी भावना विकास गर्न मदत मिल्ने विद्यालयले जनाएको छ ।
धनगढी वडा नम्बर ७ शिव माध्यमिक विद्यालयलाई रु ४० हजारको फर्निचर हस्तान्तरण गरिएको छ।सामुदायिक विद्यालय सँगको सिकाई एवं साझेदारी कार्य अन्तरर्गत विद्यालयले धनगढी बडा नम्बर १९ मा रहेको जनप्रिय आधारभूत विद्यालयलाई रु १ लाखको Intractive Bord र प्रोजेक्टर प्रदान गर्ने जनाएको छ। यस्तै गोदावरी नगरपालिका बडा नम्बर ६ को शैलेश्वरी माविलाई पनि रु १ लाखको Intractive Bord प्रोजेक्टर वार्षिक उत्सवका अवसरमा कार्यक्रममा प्रदान गरिएको छ। चैतन्यका ११ वटा विभाग तथा क्लबहरू रहेका छन्।
शैक्षिक सत्र २०८०मा बिद्यालयद्धारा आयोजना गरिएका ६५ वटा विभिन्न महत्त्वपूर्ण कार्यक्रम, सहभागिता र अतिरिक्त क्रियाकलापहरू गरिएका छन् जस अनुसार माता तीर्थ औँसी कार्यक्रममा विद्यार्थीका आमाहरूलाई सम्मान एवम् मायाको चिनो, कथा लेखन, चैतन्य संवाद, ध्यान प्रवचन, खेलकुदका कार्यक्रम, दृष्टि फाउन्डेसनलाई खाद्यान्न वितरण, मन्दिर तथा समुदाय सरसफाइ, रक्तदातालाई सम्मान, बाल सिकाई रणनीति, शिक्षक तथा अभिभावक अभिमुखीकरण, गजल प्रशिक्षण,शिक्षक तालिम, कला संस्कृति उत्सव, अन्तर विद्यालय निबन्ध प्रतियोगिता, बाल साहित्य सम्मेलन, चैतन्य आदर्श उत्प्रेरणा कार्यक्रम, चैतन्य स्ट्रीम वर्कसप लगायतका कार्यक्रम गरिएका छन् । चैतन्य पाठशाला २०५८ सालमा स्थापना भएको थियो।
चैतन्य पाठशालाको सञ्चालक समिति अध्यक्ष गणेशप्रसाद जोशीको नेतृत्वमा ९ जनाको कार्यसमिति, प्राध्यापक डाक्टर हेमराज पन्तको प्रमुख सल्लाहकारमा ५ जनाको कार्यसमिति, वर्तमान शिक्षक अभिभावक अध्यक्ष ईश्वर गिरीको नेतृत्वमा ९ जनाको कार्यसमिति र प्रधानाध्यापक कटक बहादुर सिंहको कार्यसमितिमा ४८ जनाको कार्यकारी समिति छ ।
यस्तै चैतन्य रिसर्च एण्ड ट्रेनिङ सेन्टर,पतञ्जलि योग केन्द्र, तेक्वान्दो डोजाङ्ग र चैतन्य स्पोर्टस एकेडेमी गरी ४ वटा भगिनी संस्था रहेका छन् । पाठशालाको आफ्नै फुटसल रहेको छ।

  • चैतन्य पाठशाला
सोमबार, फागुन २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.