कञ्चनपुर- कञ्चनपुरबाट तीन लाख बढीको तस्करीको सामान जफत गरिएको छ । भीमदत्त नगरपालिका–१ भाँसीबाट भन्सार छलीको अन्दाजी तीन लाख २८ हजार पाँच सय मुल्य बराबरको कपाल स्टेट गर्ने मेसिन, प्रोटीन, डोमाट्ररोविन, डानाबो औषधी तथा भिटामीन डी लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।













