धनगढी- क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहको कैलालीपुलदेखि चौराहासम्मको १.३८ किलोमिटर सडक खण्ड भने सुस्तगतिमा निर्माण भइरहेको छ ।
२०७८ पुसमै निर्माण सम्पन्न हुनुपर्ने कैलालीपुलदेखि चौराहासम्मको सडक निर्माणको ठेक्काको दोस्रो पटक थपिएको म्याद गत कात्तिक १४ गते म्याद सकिएपछि असार मसान्तसम्मका लागि तेस्रो पटक म्याद थपिएको छ । कालिका कन्स्ट्रक्सन प्रालिले सो सडकमा कैलाली पुलदेखि कालोपत्रे सुरु गरेको भए पनि चौराहातर्फ बेससमेत बनिसकेको छैन ।
संघीय आयोजना कार्यान्वयन इकाईले अझै पनि सबै विद्युत पोल सार्न नसकिएकोले असारसम्मको म्याद थप गरिएको जनाएको छ । इकाई इन्जिनियर शौरभ कलौनीले फुटपाथलगायतका सबै सडक संरचना निर्माण कम्पनीले सो म्यादमा सम्पन्न गर्नुपर्ने बताए ।













