धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टामा रहेको नवदुर्गा आधारभूत विद्यालयले बालविकास स्थापनाको २० औँ र विद्यालय स्थापनाको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
विद्यालयले बुधवार एक कार्यक्रमका बिच वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले विद्यालयको वृद्धि विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले यस विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि आफू लागिपर्ने समेत बताए ।
वार्षिकोत्सवका अवसरमा नवदुर्गा आधारभूत विद्यालयका प्रचार्य बिरबहादुर बिष्टले विद्यालयले गरेका वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विभिन्न नृत्य तथा कलाहरु प्रस्तुत गरेका थिए । यस अवसरमा अतिरिक्त क्रियाकलापमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कृति समेत गरिएको थियो ।













