धनगढी- कैलालीका विभिन्न ठाउँबाट एक लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी–८ धनगढी गाउँ, टीकापुर नगरपालिका–८ बालुवाटार, भजनी नगरपालिका–८ जनकपुरबाट र कैलारी गाउँपालिका–३ खोनपुरघाटबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको तस्करीको सामान बरामद गरेको हो।
अन्दाजी एक लाख १२ हजार ८० रुपैयाँ बराबरको प्याज, चिनी, नरिवल, चक्लेट, चप्पल, पंखा, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामान शुक्रवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।













