बाजुरा- बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक महिलाको नाम, थर, वतन भने खुलेको छैन्। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।













