• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

‘लगानीको वातावरण सृजना गर्न भूमिका खेल्छु’

  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित

डडेल्धुरा उद्योग वाणिज्य संघको चुनाव यही भदौ २५ हुँदैछ । चुनावको मिति नजिकिएपछि जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ । संघको अध्यक्षका लागि अघिल्लो चुनावमा पराजित भएका भोजराज भट्ट र संघका बर्तमान प्रथम उपाध्यक्ष द्विजराज भट्टले आकांक्षा देखाएका छन् । दुबै जनाले तयारी पनि सुरु गरिसकेका छन् । यसमध्ये अघिल्लो चुनावमा झिनो मतान्तरले पराजित भएका भोजराज भट्टसंग चुनावी तयारीलगायतका विषयमा बिन्तीपत्र टिमले कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सम्पादित अंशः

डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि आकांक्षी हुनुहुन्छ, कस्तो छ तयारी ?
डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि तयारी गरिराखेको छु । म यो भन्दा अगाडिको चुनावमा पनि थोरै मतले पराजित भएको थिएँ । मंसंग २०५९ सालदेखि कार्यसमिति सदस्य, महासचिव र प्रथम उपाध्यक्ष हुँदै डडेल्धुरा उद्योग वाणिज्य संघमा काम गरेको अनुभव छ । अहिले पुनः व्यवसायी साथीहरुको सल्लाह सुझाव अनुसार अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको छु । व्यवसायी साथीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अघिल्लो पटक पराजित हुनुभयो यो पटक जितिन्छ भन्ने आधार केही छ ?
त्यो बेला मैले झिनो मतले मात्रै हार व्यहोर्नु परेको थियो । म डडेल्धुरामा लामो समयदेखि उद्योगी व्यापारीहरुको हकहित संरक्षणका लागि लागिपरेको छु । विभिन्न समस्याहरुको बाबजुद पनि म उहाँहरुसँग नजिकै पुगेको छु । डडेल्धुरा उद्योग वाणिज्य संघ पहाडी सातवटा जिल्लाको केन्द्र बिन्दुमा छ । जसले निजी क्षेत्रको नेतृत्व गर्छ । म यस क्षेत्रमा उद्योगी व्यवसायीहरुको हकहित संरक्षणलगायत आर्थिक गतिविधि बढाउनका लागि लागिरहेको छु । पर्यटन विकास र उद्योगहरुको स्थापना र फराकिलो सडक, ढल निकास, खानेपानी, फोहरमैला व्यवस्थापन, स्थानीय कला संस्कृति, उत्पादन, खेलकुद, शिक्षा, स्वास्थ्यलगायतका कुराहरुमा निजी क्षेत्रहरुले पनि ध्यान दिनुपर्छ । म यही भूमिका निर्वाह गर्ने उद्देश्यसहित संघको अध्यक्ष हुन खोजिरहेको छु । यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्छु । यहाँका उद्योगी व्यवसायहरुलाई आर्थिक गतिविधिबाट अगाडि बढाउनुपर्छ । यसरी मात्रै यहाँको आर्थिक गतिविधि बढ्छ । यस क्षेत्रको अधिकतम विकासका लागि उद्योग वाणिज्य संघ निजी क्षेत्र मार्फत अगाडि बढ्नुपर्छ । यही कुरामा विश्वास गरेर यहाँका प्रतिष्ठित व्यापारीहरुले मलाई यसपटक मलाई जित दिलाउनुहुन्छ भन्ने विश्वास लिएको छु ।

डडेल्धुरा उद्योग वाणिज्य संघ र यहाँका उद्योग व्यवसायहरुको हकहितका लागि के–के गर्नुहुन्छ ?
अहिले निजी क्षेत्र कोभिड–१९ देखि यता आर्थिक मन्दीका कारण धरासायी छ । नेपालमा मात्रै होइन विश्व परिवेशमा यही अवस्था छ । डडेल्धुराका उद्योगी व्यवसायीको हालत पनि यही हो । जसले गर्दा अहिले हामीले गर्दै आएको व्यवसाय मोडालिटी परिवर्तन हँुदै गएको छ । आधुनिक तवरले हामीले व्यापार व्यावसाय गर्नुपर्ने बाध्यता छ । व्यवसायहरु विभिन्न तरिकाले मारमा परेका छन् । चर्का ब्याजदरलगायत विभिन्न कारणले गर्दा आफ्नो व्यवसाय धरासय भएको छ । अब यस क्षेत्रमा आर्थिक गतिविधिहरु बढाउनका लागि यहाँको स्थानीय उत्पादनलगायतका उद्योगहरु स्थापना गर्न आवश्यक छ । यहाँको सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्छ । अब औद्योगिक क्षेत्रहरु घोषणा गरेर उद्योगी व्यवसायहरुलाई लगानीको वातावरण बनाउनुपर्छ । यसका लागि उद्योग वाणिज्य संघले समन्वयात्मक भूमिका खेल्नुपर्छ । यदि म निर्वाचित भएँ भने यो काम कुशलताका साथ गर्छ । जसले यहाँको आर्थिक गतिविधि बढोस् र चलायमान होस् । यसको अर्थ उद्योग व्यवसाय फस्टानु नै हो ।

डडेलधुराको उद्योग व्यवसायमा के–के समस्याहरु छन् ?
डडेल्धुरा पहाडी जिल्ला हो । तर पनि यहाँका सात पहाडी जिल्लाको केन्द्रमा छ । यहाँका व्यवसाय गतिविधिहरु तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर भन्दा भिन्न प्रकारले अघि बढिरहेका छन् । यहाँ सबै ठाउँमा फराकिलो सडक नभएका कारण उत्पादन बजारसम्म पुर्याउन सक्ने अवस्था छैन वा समयमै पुग्न सकेको छैन । यो समस्या समाधानका लागि सरकारको खासै ध्यान पुग्न सकेको छैन । यसमा समन्वयात्मक भूमिका उद्योग वाणिज्य संघले खेल्न सक्नुपर्छ । व्यवसायीहरुलाई उत्पादित बस्तुहरु विक्री गर्न विभिन्न कठिनाइहरु आइपरेका छन् । दिनानुदिन व्यवसाय धरासय हुँदै आइरहेको अवस्था छ । यो यहाँको मात्रै समस्या होइन देशभरी नै यस्तो अवस्था छ । अहिले आर्थिक मन्दीका कारणलगायतले गर्दा यस्तो अवस्था आएको हो । अब हामीले यस क्षेत्रमा आर्थिक गतिविधि बढाउन विभिन्न मेला महोत्सव लगाउने, जसले यहाँको कला संस्कृतिहरु पनि जगेर्ना हुन्छ । यहाँ भौतिक पूर्वाधारहरु निर्माण गर्न सिटीहलहरु, कबडहलहरु निर्माण गर्ने कार्य गर्नुपर्छ । जसले यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्छ । यस क्षेत्रका होटल व्यवसायदेखि लिएर विभिन्न क्षेत्रहरुको व्यापार व्यवसाय अगाडि बढन सक्छ् । हामीले ति आर्थिक गतिविधि बढाउनका लागि पनि उद्योग वाणिज्य संघले समन्वयात्मक भूमिका खेल्नुपर्छ ।

 

 

 

 

  • उद्योग वाणिज्य संघ
  • भोजराज भट्ट.
शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवनको सदस्यमैत्री सेवाले आकर्षण बढेको छ : बम
पाँच वर्ष मुख्यमन्त्री हुँदा इमान्दारितापूर्वक काम गरेँ, जनताको साथ पाउनेमा विश्वस्त छु : भट्ट
जनताले माओवादीलाई हेर्ने दृष्टिकोण जे पहिले थियो त्यो अहिले पनि कायमै छ : नेता धामी
संस्कारसँगै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर अध्यापन गराउँदै छौँ : डिआर शर्मा
कृषि,व्यापार र शिक्षा क्षेत्रमा लगानी गर्छौः भट्ट
सय दिने अभियानले पार्टीलाई थप वलियो बनाएर लैजान्छ : खड्का

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.