झुलाघाट- नेपाल–भारत सीमा बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणको सुरसार देखिएको छैन । दार्चुलामा भने पुल निर्माण कार्यले तीव्रता पाएको छ । नेपाल–भारत सरकारबिच झुलाघाटमा मोटरेबल पुल निर्माणको सम्झौता भएको थियो ।
दार्चुलातर्फको मोटरेबल पुल निर्माणका लागि स्टिल ब्रिज राख्ने काम सुरु भएको छ । महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्न ११० मिटर लम्बाइको मोटरेबल पुलको काम धमाधम भइरहेको छ ।
भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले पुल निर्माण गरिरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिए । पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको उनले बताए ।













