डोटी- डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.१ साझघाटस्थित २ वटा पसलमा आगलागी भएको छ । बिहीबार राति ११:१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए ।
दिलबहादुर खड्काको दिलासा फेन्सी स्टोरबाट सुरु भएको आगलागी सँगै जोडिएर रहेको विष्णुबहादुर खड्काको खड्का हाटेल पनि पूर्ण रूपमा जलेर क्षति पुगेको वडाध्यक्ष खड्काले जानकारी दिए। आगलागी भएको ३ घण्टापछि स्थानीय ,प्रहरी र दिपायल सिलगढी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।













