धनगढी- कैलालीको धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तरगतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।
कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड ब्रेक भएको छ । यो रेकर्ड वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।













