धनगढी-कैलालीको अत्तरियादेखि धनगढी भन्सार डोकेबजारसम्म पुगेको अटो भाडा रु.एक सय तोकिएको छ।
सुदूरपश्चिम अटो यातायात प्रालिले अत्तरिया चोकदेखि धनगढी भन्सारसम्मको अटोको नयाँ भाडा दर कायम गरेको हो। यही जेठ १६ गते बसेको अटो यातायात प्रालिको बैठकले अत्तरियादेखि धनगढीका विभिन्न स्थानमा पुगेको नयाँ भाडा दर लागू हुने निर्णय गरेको हो।
त्यस्तै अत्तरियादेखि मनहरा पुलसम्म रु.२०,गेटा मेडिकल कलेजसम्म रु.२५ , बिस्कुट कम्पनीसम्म रु.३० र माछा पोखरीसम्म रु.४० भाडादर कायम गरिएको प्रालिका अध्यक्ष सीताराम कठायतद्वारा हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
यसैगरी, अत्तरियादेखि विमानस्थल चोकसम्म रु.५०, बोराडाँडीसम्म रु.६०, ट्राफिक चौराहासम्मको भाडा रु. ७० रहने सूचनामा उल्लेख गरिएको छ ।














