कैलाली । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा रहेको छतिवन ताल धार्मिक आस्थाका कारण ओझेलमा पर्न थालेको छ ।
सो क्षेत्रमा रहेका देबी, देउताले अनिष्ट गरी स्थानियमा नराम्रो असर पार्न थालेको धार्मिक आस्थाका कारण ताल ओझेलमा पर्न थालेको हो ।
आन्तरिक र बाह्य प्रयटकले जाड रक्सी खाने महिनावारी भएका महिलाले तालमा डुङ्गा चढ्ने र होहल्ला गर्ने जस्ता कारणले देउता रिसाई समुदायमा नराम्रो असर पर्न गएको स्थानियको भनाई छ ।
समाधान खोज्न स्थानीय सरकार , सरोकारवालाहरुले कुनै चासो नदेखाउनाले ताल ओझेलमा पदै गएको स्थानिय रुद्रबहादुर ऐरले निशाना न्युजलाई जानकारी दिए ।
तालको विकासका लागि सबैले सोच्न जरुरी देखिएको उनले बताए । सो क्षेत्रमा मसानी,कफलकट्टे, दुर्गा भगवतीका मन्दिर रहेको उनले बताए । हामीले डुङ्गा चलाएका थियौँ , जस्का कारण आन्तरिक र बाह्य पर्यटक आउने गरेका थिए उनले भने धार्मिक मान्यताले ‘अहिले डुङ्गा चलाउन बन्द गरेका छौँ ।’
२ बर्ष पहिले प्याराग्लाइडिङको सफल उडान गरेको र , आर्थिक अभाबका बारण २÷४ महिना उडान बन्द भएको उनले बताए ।
’तालको विकास सँगै जिपलाइनको विस्तारका लागि डिपिआर पनि भएको थियो’ उनले भने ‘निर्माणका लागि गाउँपालिकाका प्रतिनिधी र धामीलाई बसालेर छलफल भएको तर धामीले बाह्य पर्यटकका कारण देबि देउताले अनिष्ट गर्न थाल्यो भनेपछि अहिले सबै प्रकृया रोकिएको छ ।
तालको गहिराई कति छ कसैलाई थाहा छैन तर तालको पानीले २० बिगाह खेत सिचाई गर्न समस्या हुदैन उनले भने ताललाई चिनाउन प्रयास नगरेको होईनौ सफल पनि भएका हौ उनले भने पछिल्लो समय देवी देउताप्रतिको आस्थाले तालको महिमा घटेर गएको छ ।
कोरोना समय तालमा देश तथा विदेशका दैनिक हजारौँ पर्यटकहरु घुम्न आउनाले बुडरका व्यवसायीहरुको राम्रो आम्दानी भएको उनले बताए ।
प्रयटकको रोजाईमा परेको सो ताल यथास्थििमा राख्नाले बुडरको समग्र बिकास ध्वस्त भयर गएको उनको भनाई छ ।













