धनगढी । कैलालीमा आगलागीबाट चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कैलालीको मोहन्याल ३ बस्ने दिल बहादुर थापा मगरको काठले बनेको टाईल र खरले छाएको १ तले २ कोठे
कच्ची घरमा ग्यासमा खाना पकाउने क्रममा अचानक ग्याँस सिलिण्डर पड्की घरमा आगलागी हँुदा सो बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागी बाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन लगायतका सामानहरु जली ४,००,०००(चार लाख )बराबरको धनमाल जलेर नष्ट भएको, प्रहरीले जनाएको छ । मानबिय तथा चौपाया क्षती
नभएको, आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, र आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
आगलागीबाट चार लाख को धनमाल जलेर नष्ट
आगलागीबाट चार लाख को धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













