• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

सुदूरपश्चिम मन्त्रीपरिषद् पुनर्गठनमा अन्योल, केन्द्रको निर्णय कुर्दै एमाले–माओवादी

  •   मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएको १९ दिन पार हुँदासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
सत्ता साझेदार मुख्य दल एमाले र माओवादी केन्द्रले मन्त्रीको नाम नदिँदा मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो । एमाले, माओवादी, एकीकृत समाजवादी, नाउपा रञ्जिता समूह र एक स्वतन्त्र सांसदको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तर विभिन्न लफडाबिच सोडारीले जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत पाए । यद्यपि एमाले र माओवादीले अहिलेसम्म मन्त्रीको नाम पठाएका छैनन् । मुख्यमन्त्रीले नाउपाका दुई सांसदलाई समेटेर मन्त्रीपरिषद् गठन गरेका छन् ।
केन्द्रको निर्णय कुर्दै एमाले–माओवादी

सोडारी सरकारमा मन्त्री पठाउने विषयमा एमाले र माओवादीले केन्द्रको निर्णय कुरिरहेका छन् । राजनीतिक नियुक्ति, प्रदेशमा भागबण्डा लगायतका विषयमा एकीकृत समाजवादीले अडान नछोड्दा शीर्ष नेताबिच सहमति जुटेको छैन ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केही दिन अघि कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि विशेष गरी एमालेले असन्तुष्टि जनाएको छ । केही दिनदेखि सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच लगातार छलफल भए पनि सहमति जुट्न सकेको छैन । एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डले मधेस सरकार बनाउनका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग सहयोग मागेका छन् । तर नेपालले मधेस, सुदूरपश्चिम प्रदेश लगायत समग्र विषयमा प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेका छन् ।

महत्त्वपूर्ण बैठकमा आफूहरूलाई बाइपास गरिएकोमा उनले असन्तुष्टि जनाएका छन् ।

शीर्ष नेतामा देखिएको विवादका कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालकै भूमिकाका कारण समस्या आएको उनको आरोप छ ।

‘प्रचण्ड र ओलीको निर्णय कुरेर बसेका छौँ । दुई नेता लगातार बैठक बसिरहेका छन् । निर्णय गर्लान् नि’, असन्तुष्टि पोख्दै रावलले भने, ‘माधवका कारण पनि समस्या देखिएको छ । सत्ता गठबन्धनमा पनि बस्ने, विपक्षी गठबन्धनमा जान खुट्टा पनि उच्चाल्ने १ यसरी समस्याको समाधान हुन्छ रु उहाँको के चक्कर हो रु अन्य सबै ठाउँमा सरकार बनिरहेका छन् । सुदूरपश्चिममा सरकार बन्न नदिन माधवले खेलिरहेका छन् ।’

माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि सरकारमा जाने विषयको सम्पूर्ण अधिकार माथिकै भएकाले निर्णय कुरेर बसेको बताए ।

‘मन्त्रालय बाँडफाँट गर्ने विषयमा सहमति जुट्न आवश्यक छ । सरकारले पूर्णता नपाउनुमा माओवादीको कारणभन्दा पनि एमाले र एकीकृत समाजवादीबिच देखिएको द्वन्द्वका कारण समस्या आएको हो’, उनले भने, ‘विपक्षी दलले बोलाएको बैठकमा माधव नेपाल गएपछि प्रश्न उठ्नु स्वाभाविक छ । तर पनि नेताहरूबिचमा सहमति भएर अगाडि बढ्ने विश्वास लिएका छौँ ।’

एमालेका नेता तथा राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालकै कारण समस्या आएको जिकिर गरे । जसरी हुन्छ एमालेलाई कमजोर पार्ने खेलमा अध्यक्ष नेपाल लागेकाले सुदूरपश्चिम सरकार ढल्न सक्ने उनको भनाइ छ ।

‘सत्ता गठबन्धनमा भए पनि माधवको मन अन्तै उडेको छ । उहाँ जसरी हुन्छ एमालेलाई कमजोर बनाउने खेलमा हुनुहुन्छ तर हामी होइन, आफैँ सकिन लागेका छन् । मधेसमा म निर्णायक हुँ भन्ने लागेको छ । केही फरक पार्दैन । वैकल्पिक व्यवस्था गरिन्छ । सुदूरपश्चिममा खुस्किनेवाला छ’, चेतावनी दिँदै दाहालले भने ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्डले शुक्रबार, आइतबार र सोमबार एक्लाएक्लै र सामूहिक छलफल गर्दासमेत सहमति जुटेको छैन ।रातोपाटीबाट

 

  • सुदूरपश्चिम मन्त्रीपरिषद् पुनर्गठनमा अन्योल
मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी
नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

समाचार

सबै

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.