वीरगन्ज । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका २ मन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका छन् ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेकी बेची लुङ्गेलीले मुख्यमन्त्री यादव कार्यालयमा नभएकाले उनलाई प्रतीक्षा गरिरहेको बताइन् ।
उनले मुख्यमन्त्री कार्यालयमा नआए पनि आफूहरू भने राजीनामाको प्रक्रिया पूरा गरेर फर्किने बताइन् । एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा सहभागी थिए ।रातोपाटीबाट
मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी
मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













