धनगढी- कैलालीमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-२ सितापुरबाट सोही ठाउँ बस्ने २० वर्षीय धर्मेन्द्र शाह मंगलवार पक्राउ परेका हुन्।
शाहलाई २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।













