टंक कुंवर
कैलाली । सवारी दुर्घटनाबाट १ सय ४५ जनाको मृत्यु भएको छ भने ४ सय ५५ जना घाईते भएका छन ।
चालु आर्थिक बर्षको बैशाख मसान्त सम्ममा सो बराबर संख्यामा मृत्यु र घाईते भएका हुन ।
दुई सय ६० सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा संलग्न सवारी साधन भने ३ सय ३९ रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेतीले निशाना न्युजलाई जानकारी दिए ।
सवारी दुर्घटनामा संलग्न सवारी साधानमध्य ट्रक र ट्याङ्कर १४, टिप्पर ७,डोजर,लोडर, स्काभेटर ३ छन । बस १८, ट्रयाक्टर ३२,टेम्पो १६, मोटरसाईकल १ सय ७५ रहेको उनले बताए ।
त्यस्तै शारिरिक शक्तिले चल्ने सवारी साधन १८ र अन्य ४ रहेको उनले बताए ।
दर्घटना हुनुको कारण तीब्र गतिले १ सय ५५, मापासे गरेका १८, लाईसेन्स नभएका ११, चौपायाका कारणले १२, ओभरटेक ९ र अन्य ५५ सवारी साधन रहेको उनको भनाई छ ।
ट्राफिक नियमको उल्घंन बाट कार्बाही परेका सवारी साधनबाट ४ करोड १६ लाख ११ हजार जरिवाना रकम असुल
ट्राफिक नियमको उल्घन गर्ने ६२ हजार ९ सय ३१ सवारी साधनलाई कार्बाही गर्दा ४ करोड १६ लाख ११ हजार जरिवाना रकम असुल भएको उनले बताए ।
५ हजार २ सय ७७ पटक गरिएको जनचेतनामूलक कार्यक्रममा ३ लाख ४० हजार २ सय ५५ व्यक्तिको प्रत्यक्ष सहभागिता रहेको उनको भनाई छ ।
चालकसँग १ मिनेट, यात्रुसँग २ मिनेट सचेतनाका कार्यक्रम गर्छौ भने
मापसे तथा लेन उल्लघन गर्ने चालकलाई जनचेतनाका कक्षा अनिवार्य गरिएको उनले बताए ।
नयाँ सवारी चालक अनुमति पत्र लिने विद्यार्थीलाई फिल्डमा नै गएर सचेतना गर्ने गरिएको पनि उनले बताए ।
‘नयाँ सवारी चालक अनुमति पत्र लिएका पनि सडकमा जाने हुन’ उनले भने ‘सो अगाबै सचेतना गर्दा दुर्घटना हुनबाट जोगिन सक्छ ।’ गत वर्षको तुलनामा चालु आवमा दुर्घटना बढि नै रहेको उनले बताए ।
उनले प्रत्येक वर्ष ३० देखि ५० नयाँ सवारी साधन थपिने कारणले पनि दुर्घटना बढि हुने गरेको बताए ।













