कैलाली – सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार प्रकृया नजिक पुगेको छ । छलफल चलिरहेको र लगभग मन्त्रीमण्डल गठनको विस्तार प्रकृया चाडै टुंगिन लागेको बताइएको छ ।
सत्ता साझेदार मुख्य दल एमाले र माओवादी केन्द्रले मन्त्रीको नाम चाडै दिन लागेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए । ‘मन्त्रीपरिषद् विस्तार हुन्छ’ उनले भने ‘अब धेरै दिन लाग्दैन ।’ एमाले, माओवादी, एकीकृत समाजवादी, नाउपा रञ्जिता समूह र एक स्वतन्त्र सांसदको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।













