धनगढी ।कैलालीको हाटखोलीमा एक जनाको मृत्यु भएको छ । मृत्य हुनेमा डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्त रहेका छन । शुक्रबार नुहाउने क्रममा कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए । शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरु संग नदीमा नुहाउन गएका थिए ।
अहिले उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ ।













