धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से ५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतवार मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मोटरसाइकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।













