धनगढी । धनगढीको एसपिए कलेजमा ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ सुरु भएको छ । एसपीए स्पोर्टस क्लब र स्क्र्याबल क्लब धनगढीको संयुक्त आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा हाल कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी, चितवन, कास्की र हेटौडा गरी ८ जिल्लाका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेली सकेका ११ देख २६ वर्ष उमेर समूहका खेलाडीहरू सहभागी भएका छन् । पहिलो दिन १० खेल खेलाईएको प्रतियोगितामा दोस्रो दिन ५ खेल खेलाइने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय परिकारहरूको स्वाद लिन पाइनुका साथै विभिन्न स्थानबाट आउने प्रतियोगीहरूलाई आवासको व्यवस्था पनि गरिएको एसपिए स्पोट्र्स क्लबका अध्यक्ष गोबिन्द भट्टले जानकारी दिए ।














