धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाका विभिन्न ठाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ लाख ५० हजार २ सय ८३ रुपैयाँ बराबरको चिनी, पेय पदार्थ, सुर्ती, मिठाई, दाल, सरप, मैदा, खुर्सानी, कुर्ता सुरवाल, चप्पल, प्रेशर कुकरको रवर, किरानाका सामान, प्लाष्टिक झिल्ली लगायतका सामानहरु फेला पारी नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अवैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख बराबरको बिजुलीका बल्भ, टर्चलाईट, पंखाका पाताहरु, मच्छर मार्ने चार्जर मसिन, काँटा, प्लाष्टिक बोतल तथा एक थान मोटरसाइकल लगायतका सामानहरु फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













