टँक कुंवर
धनगढी- चैते धान कृषकको रोजाइमा पर्न थालेको छ । कैलालीका धेरै कृषकको रोजाइमा सो धान पर्न थालेको हो । चैते धान पछि बर्षे धानको सिजन आउनाले पनि चैते धान कृषकको रोजाईमा परेको छ ।
दुई सिजनमा धान उत्पादन गर्न मिल्ने तथा चैते धानमा रोगको प्रकोप नहुनुले पनि यो धानबाली रोज्ने गरेको कैलालीको भजनी नगरपालिका–३ कृष्णनगरका कृषक कृपराम चौधरीले निशाना न्युजलाई जानकारी दिए ।
यो बर्ष आफुले आठ बिगाह जमिनमा चैते धान लगाएको उनले बताए । आठ बिगाहको खेतमा पौने ३ लाख लगानी लाग्छ उनले भने परिश्रम,लगानी सबै कटायर सिजनमा डेढलाख बचत हुने गरेको छ । यसबाट बालबालिकाको पढाई,घरखर्च राम्रै सँग चल्ने गरेको उनले बताए ।
आठ बिगाहबाट कम्तीमा एक सय बढी क्विन्टल धान उत्पादन हुने गरेको उनको भनाइ छ । पानी पर्नाले धान बिग्रन्छ हुन त यो सिजनको पानी कमै पर्छ उनले भने धान चिसो हुँदा ढुसी लाग्ने कुहीने जस्ता समस्या आउने गर्दछ । सुकायको धान प्रति क्विन्टल २ हजार ६ सयका दरले बिक्री गर्ने गरिएको उनले बताए । मौषमले साथ दिए राम्रो कमाई हुने गरेको उनले बताए ।

चैते धानलाई उच्चो, खल्ला जता सुकै पनि लगाउन मिल्नाले बर्षे सिजनको धान भन्दा यो सिजनको धान आफूहरुको रोजाईमा परेको उनले बताए । त्यस्तै अर्का कृषक कैलारी गाउँपालिका–२ का हनुमान चौधरीले ३ बिगाहमा उत्पादन भएको धानबाट खर्च कटाएर अढाई लाख बचत हुने गरेको बताए । चैते धान सँगै तोरी पनि उत्पादन हुने गरेको उनले बताए । राम्रो कमाई पनि हुने, मौषम अनुकुल पनी हुनाले यो धान आफ्ना रोजाईमा परेको उनले बताए ।

६ हजार मेट्रिकटन धान उत्पादन
कैलालीमा ६ हजार मेट्रिकटन चैतेधान उत्पादन भएको छ । १ हजार १ सय ५० हेक्टर क्षेत्रफलमा सो धान उत्पादन भएको हो ।
भजनी,घोडाघोडी,जोशीपुर,कैलारी,गौरीगंगा लगायत क्षेत्रमा कृषकले सो धानलाई उत्पादन गर्ने गरेको कृषि ज्ञानकेन्द्र कैलालीका अधिकृत रामनारायण चौधरीले बताए । यो धानबालीबाट कृषकले राम्रो आम्दानी गरिरहेको उनले बताए ।

धान काट्ने समय पानी पर्नाले धान बिग्रने, ढुसीलाग्ने कुहिने समस्या बढी हुने गर्दछ उनले भने यो सिजन चैते धानको लागि मौषम अनुकुलनै हने गरेकाले पनि कृषकले यो धानलाई रोज्ने गरेका छन् । यो धानमा रोगको प्रकोप कम हुन्छ उनले भने धान चिसो हुने भएकाले अनिवार्य सुकाउनु पर्छ ।













