हत्या गरेको अभियोगमा पक्राउ
तेह्रथुम ।आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका ८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं । झापा, बिर्तामोड नगरपालिका(४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित दमक नगरपालिका ४बस्ने २३ वर्षीय एलिन दर्नाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, खैरहनी नगरपालिका(२ चैनपुर स्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय १४ ग्राम सहित राप्ती नगरपालिका(१३ बस्ने ३० वर्षीय बिनय प्रजालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं ।धनकुटा, ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ३ डाँडागाउँ बस्ने ३० वर्षीय पुन्टे भन्ने प्रताप तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सल्यान, ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिबेणी गाउँपालिका ३ टोट्के बस्ने ४३ वर्षीय टोप बहादुर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको १ थान भरूवा बन्दुक समेत फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुन तथा चाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ
रूपन्देही ।रोहिणी गाउँपालिका(७ लठ्टाबाट ७ तोला १०।७ लाल तौलको सुन जस्तो देखिने पहेलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्राम तौलको पहेलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङसहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपि ५६ एडि ८०३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट नेपालतर् अवैध रूपमा ल्याउँदै गरेको उक्त गरगहना फेला पारी मोटरसाइकलमा सवार सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करिब १ सय ७९ किलो गाँजा बरामद
मोरङ । बिराटनगर महानगरपालिका १७ गुजार टोल स्थित खाली जग्गाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७९ केजी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीलेवेवारिसे अवस्थामा रहेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका १ म्यारियट होटल स्थित सडकमा बा २ ख ९६२३ नम्बरको ट्याङ्करले बा।प्र।०२(०४३ प २१२९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं सितापाईला बस्ने ६१ वर्षीय ध्वोज बिष्टको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
मुगु । छायाँनाथ रारा नगरपालिका ५ कार्कीवाडा बस्ने १९ वर्षीय शिशिर जंग रावलको
सोही नगरपालिका(४ स्थित रारातालमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड ताल्चा, जिल्ला प्रहरी कार्यालय मुगु र हनुमानध्वज गुल्म हुटु रारा ब्यारेकबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा उक्त शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं । झापा, मेचिनगर नगरपालिका(६ मेचिखोला स्थित खोलाको किनारमा भारत दार्जिलिङ लालिजोर बस्ने करिब ५० वर्षीय सुकपल हेमरन बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, मेचिनगर नगरपालिका(१५ निलकोठी स्थित धुलाबारी भद्रपुर सडकखण्डको नालीमा सोही ठाउँ बस्ने ६५ वर्षीय डेनु बेस्रा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, मेचिनगर नगरपालिका(६ शान्ति गाउँ डेरा गरी बस्ने सोही ठाउँ घर भएकी करिब ४७ वर्षीया सबिता दर्जी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी
छिन् । नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका(५ हर्दी बस्ने ३६ वर्षीय नारायण यादव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सुनसरी, दुहवी नगरपालिका २ फर्वाड टोल दुहबी इनरूवा बस्ने भगवती चौधरीको घरको तेस्रो तलाको कोठामा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा फर्निचर, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट
भएको छ । मोरङ, धनपालथान गाउँपालिका(६ कदमाहा रनथान टोल बस्ने लक्किराम टुडुको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ५ लाख १२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका(४ संगमपथ स्थित सोही ठाउँ बस्ने ३८ वर्षीय रमेश ज्ञवालीको ज्ञवाली गिफ्ट हाउस, ४० वर्षीय गोमा शर्माको दि फेन्सी पसलमा र ४९ वर्षीय राजु ज्ञवालीको ज्ञवाली कस्मेटीक पसलमा करेन्ट सर्ट भई गए राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
नवलपरासी । सुनवल नगरपालिका(७ अस्नैया बस्ने रिता भुसालको घरबाट कोही नभएको अवस्थामा च्यानल गेटको ताल्चा फुटाई कोठाभित्र र बैठक कोठामा रहेका दराजबाट र सोही घरको सटरमा रहेको किराना पसल समेतबाट सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब १० लाख ७० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।













