बझाङमा प्रहरीले यर्सागुम्बा र अबैध लागू औषध चरेश सहित मानिस पक्राउ गरेको छ । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय बझाङबाट
खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।प्रकाउ पर्नेमा जिल्ला बझाङ, सुर्मा १ घर भई हाल जयपृथ्वी नपा १० चैनपुरबस्ने बर्ष ४८ को लोक बहादुर बोहरा रहेको प्रहरीले जनाएको छ । उनले संञ्चालन गरेको खुद्रा पसलमा बिषेश सुचनाको आधारमा खानतलाशी गर्दा कपडाको थैली भित्र लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टिक डिब्बा सहितको तौल ९३९ ग्राम यर्सागुम्बा जडीबुटी र ६ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त यर्सागुम्बा र कालो पदार्थ सहित निजलाई
नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको छ ।













